पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो जर्दारी इरान भ्रमणका लागि जाने भएका छन् । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनको आमन्त्रणमा उनी इरान जान लागेका हुन् ।
उनले यही जुन महिनाको १४ देखि १५ तारिखसम्म इरानको भ्रममण गर्न लागेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ । त्यस भ्रमणका क्रममा उनले इरानी आफ्ना समकक्षी विदेशमन्त्री अब्दुल्लाहिनसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम छ । त्यस क्रममा उनीहरुबीच पाकिस्तान र इरान सम्बन्धका साथै विभिन्न द्धिपक्षीय हितका बारेमा कुराकानी हुने छ ।
त्यसैगरी विदेशमन्त्री जर्दारीले यही भ्रमणका क्रममा इरानका राष्ट्रपति इब्राहिम राइसीसँग पनि भेटवार्ता गर्नेछन् । यी वार्ताका क्रममा पाकिस्तान र इरानबीचको अर्थ तथा लगानीका क्षेत्रहरुका साथै यहाँका नागरिकलाई तीर्थयात्रामा गरिने सहजता, इरानबाट गरिने विजुली आपूर्ति आदि विषयहरुमा छलफल तथा केही सम्झौताहरु पनि सम्पन्न हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया