भाग्यले ब्रिटिश महारानी बनेकी एलिजाबेथको शासनको ७० वर्ष पूरा


बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई उनले सत्ता सम्हालेको ७० औँ बर्ष पुगेको उपलक्ष्यमा आयोजित ऐतिहासिक समारोहको पहिलो दिन उनलाई थप दीर्घजीवनको शुभकामना व्यक्त गरिएको छ ।

महारानीको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्याले गर्दा उनी सार्वजनिक रूपमा उपस्थित हुन सक्नेमा आशङ्का गरिएको थियो । जब उनले हजारौंशुभचिन्तकलाई आफ्नो दरबारको कौसीबाट अभिवादन गरिन् उनको दीर्घायुको कामना गर्दै कार्यक्रममा सहभागी दर्शकले भीडबाट उनको जयजयकार गरेका थिए ।

शताब्दीयौं पुरानो ‘ट्रूपिङ द कलर’ सैन्य परेड हेर्र्न हजारौं मानिसहरू चहकिलो घाममा लण्डनको मध्य भागमा भेला भएका थिए । सिंहासनमा ७० वर्ष लामो समयसम्म रहनुभएकी महारानीले लामो समय बेलायतको सिंहासनमा रहेर नेतृत्व गरी संवैधानिक राजसंसस्थाको रेकर्ड बनाएकी छन् । उत्सवमा ९६ वर्षीया महारानीको उपस्थिति रोग बिमार र हालैको गतिशीलताका कारण कम अपेक्षा गरिएको थियो ।

निलो पहिरनमा सजिएकी महारानीले सो अवसरमा लौरोको सहायतामा राजपरम्पराअनुसार बकिङहाम प्यालेसको कौसीबाटै फौजबाट सलामी ग्रहण गरेकी थिइन् । महारानीलाई सलामी दिएपछि सुरू भएको हजारौँ सहभागी परेडमा राजपरिवारका सदस्यहरू रथारोहण गर्दै सडक वरपर उभिएका दर्शकलाई अभिनन्दन गरेका थिए ।