काठमाडौं । नायिका मिरुना मगरले आफूमाथि भएको ’ब्याड टच’को घटनाबारे स्पष्टीकरण दिएकी छिन् । फेसबुकमा लामो स्ट्याटस लेख्दै मिरुनाले आफूलाई जेठ १५ गते सिभिल मलमा फूर्पा तामाङले अनुचित ढंगले छोएको उल्लेख गरेकी छिन्। तर उक्त घटनामा आफूले फूर्पाको माफी स्वीकार गरेको बताएकी छिन् ।
उनले भनेकी छन्, ‘फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेको र मैले उहाँको माफी स्वीकार गरेकी छु ।सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामागुरूहरू लगायत दुबै पक्षबाट सहमति भएको हो। जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाजविरूद्ध नभई व्यक्तिविरूद्ध भएता पनि यस घटनाबाट जानआन्जानमा दुखित हुनु हुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु।’


प्रतिक्रिया