इरानको दक्षिणपश्चिमी शहर अबदानमा १० तले व्यावसायिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ भने ३८ जना बेपत्ता भएका छन् । घटनास्थलको भ्रमणका क्रममा खुजेस्तान प्रान्तका गभर्नर सादेक खलिलियनले २९ जनाको शव फेला परेको बताएका छन् ।
भवनको बाँकी भाग र आसपासका संरचनाहरू खसेको डरले खोजी कार्य सुस्त र सावधानीपूर्वक अघि बढेकाले भग्नावशेषमुनि फसेका मानिसको यकिन संख्या भने अझै खुल्न सकेको छैन । इरानले उक्त घटनाका पीडितको सम्झनामा एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । घटनाका अनुसन्धानका लागि १० जनालाई पक्राउ गरिएकोे छ ।
मेट्रोपोल भनेर चिनिने निर्माणाधीन भवन अबादानको डाउनटाउनको भीडभाड सडकमा थियो जसको वरिपरि व्यावसायिक र मेडिकल कम्प्लेक्स र कार्यालयहरू थिए । अचानक भवनको केही भाग भत्किँदा दर्जनौं मानिस भग्नावशेषमुनि फसेका थिए।

प्रतिक्रिया