‘माननीय न्यायाधीशज्यूहरु यो निर्णय सच्याउनुहोस्’


काठमाडौं । नेकपा एमालेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण भनेको छ । सर्वोच्चको फैसलापछि बिहीबार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समामाजिक संजालमार्फत सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाउने गरी आज सर्वोच्च अदालतले गरेको फैसला दुर्भाग्यपूर्ण छ । यसले कार्यकारीको क्षेत्राधिकार त अतिक्रमण त गरेको छ नै, नेपालको राष्ट्रिय सामर्थ्य र विकासको संभावनामाथि पनि आँच पुर्याएको छ ।आखिर कसरी र कसको हितमा हुन्छन् यस्ता फैसला ?’

त्यस्तै एमाले सचिव योगश भट्टराईले पनि सर्वोच्चको फैसला घातक र प्रतिगामी भएको बताएका छन्, उनले भने, ‘निजगढ अन्तराष्ट्रिय विमानस्थलका बारेमा सर्वोच्च अदालतको आजको निर्णय अत्यन्तै घातक र प्रतिगामी छ । नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो । माननीय न्यायधीशज्यूहरु यो निर्णय सच्याउनुहोस् ।’