काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो एक बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले मंगलबार सूचना प्रशाशित गरी बुधबारका लागि पूर्व्निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरेको छ ।
सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बताइएको छ । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २७ गते दिउँसो एक बजे बस्ने जनाइएको छ ।

प्रतिक्रिया