स्पेन र डेनमार्कका प्रधानमन्त्री कीभमा


स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज र डेनमार्कका समकक्षी मेटे फ्रेडेरिक्सन युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न बिहीबार कीभ पुगेको स्पेन सरकारले जनाएको छ ।

सान्चेजले बताएअनुसार उनले जेलेन्स्कीलाई युरोपेली युनियन र स्पेनको शान्तिको लागि स्पष्ट संलग्नताको बारेमा जानकारी दिनेछन्। भेटघाटको विस्तृत विवरण आउन बाँकी छ ।