जापानी रक्षामन्त्रीले मे को शुरुमा अमेरिका भ्रमण गर्ने


जापानी रक्षामन्त्री नोबुओ किशीले मे महिनाको शुरुमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन् । किशी युक्रेन र उत्तर कोरियाको स्थितिमा सहयोगका बारेमा छलफल गर्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट्ने अपेक्षा गरिएको छ। भ्रमणको दिन भने हालसम्म निश्चित भइसकेको छैन।