तालमेल गर्दा भरतपुरको भावना आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट छौंः महामन्त्री शर्मा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोही बलियो भएर कसैकाविरुद्ध तालमेल जरुरी नभएको बताएका छन् । मंगलबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘कोही बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन । संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो । त्यो नीतिको जगमा कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो । सँगैमा भरतपुरको भावना आत्मसात गरेर समाधान पहिल्याउन हामी प्रष्ट र दृढ छौं ।’

उनले तालमेल गर्दा कहाँ आवश्यक छ/छैन निधो गर्न, स्थानीय भावना आत्मसात गर्न स्थानीय समिति सक्षम रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘कांग्रेसको केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा संसदीय बोर्डको प्रावधान छ । बोर्ड विकेन्द्रितको अर्थ अधिकार विकेन्द्रित हो । अतः तालमेल गर्दा कहाँ आवश्यक छ/छैन निधो गर्न, स्थानीय भावना आत्मसात गर्न स्थानीय समिति सक्षम छन् । हामी व्यहारिक र लोकतान्त्रिक प्रक्रियामा छौं ।’