निर्वाचनमा परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सभामुखको सुझाव


सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनबाट सक्षम, इमान्दार र जीवन जगतलाई परिवर्तन गर्नसक्ने प्रतिनिधि छान्न सुझाव दिएका छन् ।

आसन्न निर्वाचन सबै राजनीतिक दलका लागि अग्नि परीक्षा हुने उनले उल्लेख गरे । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको अभिभावक भेला तथा पूर्वविद्यार्थी पुनर्मिलन समारोहमा सभामुख सापकोटाले नेपालमा प्रतिगमन अझै परास्त नभइसकेकोले केही प्रतिगामी पक्षका लागि आगामी निर्वाचन अग्निपरीक्षा हुने बताए ।

यसैबीच सभामुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका–४ र ८ जोड्ने तिप्लिङ खोलाको पुल पनि सोमबार उद्घाटन गरे । दुई करोड ६० लाखको लागतमा उक्त पुल निर्माण गरिएको हो ।