काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले व्यापार घाटा बढेको तथा अर्थतन्त्र ओरालो लागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् । उनले अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएकोले अर्थमन्त्रीमन्त्री परिवर्तन गर्नुपर्ने बताए ।
केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलले भने पार्टीकै नेतृत्वमा सरकार हुँदा अर्थतन्त्र अप्ठ्यारोमा परेको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया