गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्ः अध्यक्ष लिङ्देन


गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने निर्वाचन नेपाली जनताका लागी विगतका गल्ती सच्याउने अवसर भएको बताएका छन् । गोरखा सदरमुकाममा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे ।

आगामी वर्ष हुने तीनै तहको निर्वाचनमा सोचविचार पुर्याएर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे । “गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्”, उनले भने ।