चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी भएका छन् । उनलाई सोही पदका अर्का उम्मेदवार प्रेमध्वज लामाले समर्थन गरेका थिए । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गरे । निर्वाचन समितिका अनुसार सभापति पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।

प्रतिक्रिया