मूल्यवृद्धि नियन्त्रणमा प्रतिबद्ध छौंः मन्त्री भुसाल


ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । गोदावरी नगरपालिकाको छैटौं स्थापना दिवस एवं नवनिर्मित प्रशासनिक भवन उद्घाटनका क्रममा शुक्रबार आयोजित कार्यक्रममा उनले महङ्गीले दैनिक भान्छा चलाउन कठिनाई भएको प्रसङ्ग उल्लेख गर्दै यसको नियन्त्रण आवश्यक रहेको बताइन् ।

नगरपालिकाले गएको पाँच वर्ष राम्रोसँग काम गरेको उनको भनाइ थियो । सांसद नवराज सिलवालले सो क्षेत्र विकास निर्माणका हिसाबले काठमाडौँ उपत्यकाको कर्णालीका रुपमा रहेको भन्दै सरकारले उक्त ठाउँका लागि केही लगानी बढाउनुपर्ने बताए ।