अमेरिकी संसदद्वारा युक्रेनलाई १३ अर्ब डलर बराबरको आपतकालीन सहायता प्याकेज अनुमोदन


अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजजेन्टटीभ्सका सदस्यहरूले युक्रेनका लागि १३.६ अर्ब डलर बराबरको आपतकालीन सहायता प्याकेज अनुमोदन गरेका छन् ।

माथिल्लो सदन सिनेट आउँदा केही दिनभित्र त्यसलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । सहायता रकममध्ये आधार युक्रेनको रक्षा खर्च र आधा शरणार्थी सहायताका लागि दिइएको हो । राष्ट्रपति जो बाइडनले १० अर्ब डलर बराबरको सहायताका लागि अनुरोध गरेका थिए।