फ्रान्स सरकारले द्वन्द्व बढिरहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक आफ्ना नागरिकलाई रुस छोड्न आग्रह गरेको छ। अरू देशले पनि त्यस्तै सुझाव दिँदै यात्रासम्बन्धी सूचना जारी गरेका छन्।
बेलायतको फरेन अफिसले पछि देश छोड्न कठिन हुने र रुसी अर्थतन्त्र तरल रहेको कारण देखाउँदै आफ्ना नागरिकलाई रुसको यात्रा नगर्न आग्रह गरेको छ।
अमेरिका सरकारले पनि त्यस्तै सुझाव दिएको छ। विभिन्न कारणमध्ये उसले रुसी सुरक्षाकर्मीले अमेरिकी नागरिकसँग दुर्व्यवहार गर्न सक्ने पनि उल्लेख गरेको छ।

प्रतिक्रिया