कोलम्बियामा खानीमा विस्फोटमा हुँदा १३ जनाको मृत्यु


कोलम्बियामा खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा विस्फोट भएको थियो ।

अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।