उत्तर भारतमा मङ्गलबार भएको सडक दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो ।
गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो । दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया