आगलागीबाट फ्रान्समा सात जनाको मृत्यु


दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।

आगो भुइँ तल्लामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो । आगलागीमा परी करिब ३० जना घाइते भएका बताइएको छ । गृहमन्त्री गेराल्ड डार्मानिनका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ ।