संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिशनले अफगानिस्तानका भूतपूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ ।
टोलो न्युजले स्थानीय अधिकारीलाई उदृत गर्दै लेखेको छ, “अफगान नागरिकहरूले नेसेर अहमद फाइकको प्रस्तावको प्रशंसा गरेका छन् । अफगानिस्तानका धेरैजसो पूर्व सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेका र हाल देशमा आर्थिक सङ्कट रहेका समय विदेशमा विलासी जीवन बिताइरहेका छन् ।”
अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले भने, “म अफगानिस्तानमा यस पहिले भ्रष्टाचार र अन्तराष्ट्रिय सहायताको दुरुपयोग गर्दै भूतपूर्व सरकारी अधिकारीहरूको विदेशी खातामा अवैध रूपमा जम्मा गरिएका सबै अफगान सम्पत्ति जफत गर्न अनुरोध गर्छु । तिनीहरूलाई जवाफदेही ठहराउनै पर्छ । २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू जीउनकै लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन् यो उचित होइन । तर भ्रष्ट पूर्व सरकारी अधिकारीहरू युरोप र अमेरिकाका विभिन्न देशहरूमा विलासी घर तथा भवनहरूमा बस्छन् ।”
उनले भ्रष्ट भूतपूर्व अफगान अधिकारीहरूलाई शरण नदिन अन्तराष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया