आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् । उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ वटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा पाँच वटा शिविर बनाइएको पनि अधिकारीहरुले जनाएका छन् । “उनीहरुलाई शिविरमै राख्ने भन्ने हैन, विस्थापित भएकाहरुलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,” एक सरकारी अधिकारीले भने ।
विस्थापित भएकाहरुलाई अस्थायी बसोबास, खानसँगै न्युनतम अत्यावश्यक सेवाहरु पनि उपलब्ध गराइने उनीहरुको भनाई छ । हरेक बर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया