अफगानिस्तानको अवस्थाबारे गम्भीर हुन अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानको आग्रह


पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानको अवस्थाका बारेमा सोच्न विभिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले यस्तो आग्रह गरेका हुन् । उनले पाकिस्तानको अवस्था निकै नाजुक रहेकाले यस विषयमा सबैले सोच्नुपर्ने बताए ।

उनले भने, ‘मलाई लाग्छ अफगानिस्तानको अवस्था निकै नै गम्भीर छ, यसमा विश्वका देशहरुले सोच्नुपर्छ ।’ उनले अफगानिस्तानमा दुई वर्षदेखिको खडेरीका कारण राम्रो उब्जनी पनि नभएको र यहाँका नागरिकले राम्रोसँग खाना र औषधि समेत नपाएको अवस्था रहेकोतर्फ सबैको ध्यानाकर्षण गराए ।

यहाँ आर्थिक मन्दी छाएको, यहाँका सरकारी कर्मचारीले तलब समेत नपाएका तथा पछिल्ला समयमा तालिबानहरुको शासनका कारण पनि यहाँका नागरिकका अधिकारहरु खोसिएको उनले बताए । यस्तो अवस्थामा विदेशी दाता राष्ट्र तथा निकायहरुले अफगानिस्तानका लागि मानवीय सहायता उपलब्ध गराउनुपर्ने पनि उनले बताए ।