स्काउटका संयोजक भण्डारीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार भण्डारीसहितको तत्कालीन कार्य समितिलाई गैरकानूनीरूपमा हटाएको सरकारको निर्णविरुद्ध भण्डारीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतको अन्तरिम आदेशसँगै भण्डारी पुनर्बहाली भएका छन् ।