काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा निर्वाचन समितिका संयोजक परिवर्तन भएका छन् । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएपछि उनको ठाउँमा अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गरिएको छ ।
कांग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गरी सभापति शेरबहादुर देउवाले यादवको राजीनामा स्वीकृत गरी घिमिरेलाई संयोजकमा मनोनयन गरेको जानकारी दिएका छन् । यादवले विवादास्पद अवस्थामा पार्टीको महाधिवेशन गराउन नसक्ने भन्दै यसअघि पनि राजीनामा दिएका थिए । तर सभापति देउवाको आग्रहमा यसअघि राजीनामा फिर्ता लिएका थिए ।


प्रतिक्रिया