कांग्रेस ताप्लेजुङको सभापतिमा तुम्याहाङ निर्वाचित


ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्रप्रसाद तुम्याहाङ निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनअन्तर्गत आइतबार सम्पन्न निर्वाचनबाट तुम्याहाङ ताप्लेजुङको सभापतिमा निर्वाचित भएका हुन् । यस्तै उपसभापतिमा गणेश चोङ्वाङ र डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन्।

त्यसैगरी सहसचिवमा तेज सुनुवार (जङ्ग) र नन्दकुमार आङ्बुहाङ निर्वाचित भएका निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिए। । एक उपसभापतिबाहेक तुम्याहाङको प्यानल नै विजयी बनेको हो । तुम्याहाङसँग पार्टीका पूर्वसचिवसमेत रहेका छविलाल गुरुङ प्रतिस्पर्धामा थिए।