काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गरेका छन् । ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको अन्तिम दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले लेखीसहितका ५५ जनालाई पार्टी प्रवेश गराएका हुन् ।
लेखीले पहिलो संविधानसभा विघटन पछि एमाले छोडेका थिए । त्यसपछि उनी मधेशवादी विभिन्न दलहरुमा आवद्ध भएका थिए । कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य अमर धमला, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेका छन् ।

प्रतिक्रिया