कांग्रेस तारकेश्वरको सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी


काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनी १३५ मत ल्याई विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे । यस्तै उपसभापतिद्वयमा नवराज अर्याल ९१२५० र जमुना तिमिल्सिना ९१२३०, सचिवद्वयमा राजु फुँयाल ९१२६० र शङ्कर तिमिल्सिना ९११७०,सहसचिवद्वयमा सरस्वती पौडेल ९११७० र अप्सरा खड्का ९११४०मत प्राप्त गरी विजय भएका छन् ।

यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । उनले १५५ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरेका थिए ।

यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ ९१८१० र शम्भु कार्की ९१७००, सचिवद्वयमा विजेन्द्र श्रेष्ठ ९२०६०, विजेन्द्र पुडासैनी ९१७१०,सहसचिवद्वयमा कुमार खड्का ९१४५० र निर्मला आचार्य ९पौडेल० १२८ मतल्याई विजय भएका निर्वाचन समितिले जनाएको छ ।