बलेवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको बताएका छन् । शुक्रबार पार्टीको ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताएका हुन् ।
उनले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले)सँग पार्टी एकता गरेको तर एकता नटिकेको बताए । उनले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताए । अध्यक्ष प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको जनाउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया