बुटवल । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफूलाई नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् । सूर्य चिन्हबाट चुनाव जितेका शाहीले एमालेले स्पष्टीकरण सोधेपछि आइतबार विज्ञप्तिमार्फत आफू स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप नलाग्ने बताएका हुन् ।
शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् । उनले स्पष्टीकरणप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै राजनीतिक दल सम्बन्धी ऐनअनुसार स्वतन्त्र सांसदलाई कुनै पार्टीको ह्वीप नलाग्ने बताएका छन् ।
एमालेले शाहीलाई स्पष्टीकरण सोध्दै तीन दिनभित्र जवाफ दिन भनेको थियो । चित्तबुझ्दो जवाफ नआए शाहीलाई कारबाही गर्ने एमालेले बताएको छ । शाही नवलपरासी पश्चिम १ (ख) बाट सूर्य चिह्नबाट चुनाव जितेका थिए ।


प्रतिक्रिया