काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरूप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले बुधबार महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् ।
पदीय जिम्मेवारीभन्दा बाहिरका असान्दर्भिक विषय जोडेर गुट विशेषका नेताहरूको आदेश तथा निर्देशनमा आफूलाई सफाइ पेस गर्न पत्र पठाइएकाले आफूले राजीनामा दिएको उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।



प्रतिक्रिया