काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा क्षमायाचना नगरको भन्दै कटाक्ष गरेका छन् ।
एमाले अध्यक्ष ओलीको सम्बोधनपछि सामाजिक संजालमार्फत भट्टराईले संविधानको उल्लंघन, संसदको हत्यागरेकोप्रति क्षमायाचना नगरको भन्दै आपत्ति जनाएका हुन् । सम्बोधनका क्रममा ओलीले सरकार परिवर्तन हुनु, गठबन्धन बन्नु तथा सरकारका न्युनतम साझा कार्यक्रममाथि आक्रोशपूर्ण टिप्पणी गरेका थिए ।
भट्टराईले भनेका छन्, ‘“सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको”! भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो ! पटकपटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज,भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’
“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”!
भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!
— Baburam Bhattarai (@brb1954) August 10, 2021

प्रतिक्रिया