‘पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउनसक्छ’


काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोनाको झैं प्रतिगमनको नयाँ भेरियन्ट आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।

सामाजिक संजालमार्फत भट्टराईलले पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउन सक्ने बताएका हुन् ।

उनले दोस्रो भेरियन्ट चाहिँ संविधानको आत्मा मार्नेगरी आउन सक्ने बताएका छन् । भट्टराईले भनेका छन्, ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरियन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरियन्ट आउनसक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउनसक्छ । अतःढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!’