गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता


काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेकी छन् । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा राजदूत यान्छीले कोभिड नियन्त्रणमा चीनको सहयोग निरन्तर रहने बताइन् ।

उनले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको बताइन् । भेटमा मन्त्री खाँणले कोभिडविरुद्धको लडाइँ र नागरिकको जीवन रक्षाका लागि उपलब्ध गराएको खोपको लागि उनले चिनियाँ सरकारलाई धन्यवाद दिए ।