गृह मन्त्रालयद्वारा दार्चुला घटना छानबिनका लागि समिति गठन


काठमाडौं । गृह मन्त्रालयले महाकाली नदीमा तुइन काटेर नेपाली नागरिक बेपत्ता भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले दार्चुला घटनाको छानबिन गर्न सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको हो ।

समितिमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । समितिलाई घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न१० दिनको समय दिइएको छ ।