पोखरा महानगरपालिकाका मेयरलाई हृदयघात


पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । मेयर जिसीको स्वास्थ्यमा अचानक अचानक समस्या देखिएपछि आज बिहान ४ बजे पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो ।

तर, उनको स्वास्थ्य समस्या जटिल भएको भन्दै अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो । हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन् ।

अहिले थप उपचारको लागि उनलाई काठमाडौं लैजाने तयारी भइरहेको जिसीका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।