काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब थोरै सच्चिएरै सहकार्य गर्न राष्ट्रपतिलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीमा शेरबहादुर नियुक्ति गर्दा संविधानको धारा उल्लेख नगरेपछि प्रवक्ता शर्माले पत्र सच्चिनेको कुरा मात्रै नभई प्रवृत्ति सच्चिने प्रधान कुरा भएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननीय राष्ट्रपतिज्यू ! पत्र सच्चिने‘को कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो ! सर्वोच्च फैसलाले सरकार बदल्न मात्र होइन, यहाँ संरक्षकलाई बदलि समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं !जय नेपाल।’
नियुक्ति पत्रमा धारा उल्लेख नगरेको भन्दै देउवाले शपथ लिन अस्वीकार गरेका छन् । उनले पत्र सच्यानुपर्ने अडान लिएका छन् । जसका कारण शपथ ग्रहण हुन सकेको छैन ।
अब थोरै सच्चिएरै सहकार्य गरौं सम्माननिय रास्ट्रपतिज्यु l पत्र सच्चिने´को कुरा मात्रै होइन प्रवृत्ति सच्चिने प्रधान कुरा हो !
सर्वोच्च फैसलाले `सरकार बदल्न´ मात्र होइन,
यहाँ `संरक्षकलाई बदलिन´ समेत आदेश दिएको बिषयलाई विनम्रसँग आत्मसात गरौं l जय नेपाल l pic.twitter.com/izpI8lFrVN— Bishwa Prakash शर्मा (@bishwaprakash77) July 13, 2021

प्रतिक्रिया