धनुषा । अविरल वर्षाका कारण धनुषाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्दार गरेको छ ।
रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको बाढीले बीच भागमा रहेको टापुमा फसेका थिए । उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्दार गरेको हो ।
उद्दार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपति यादव, ४० वर्षीया सीतादेवी यादव र २७ वर्षीय संजय अधिकारी छन् ।


प्रतिक्रिया