काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष पनि जन्मोत्सव नमनाउने भएका छन् । कोरोना भाइरस महामारी, प्राकृतिक विपद् र देशको राजनीतिक अस्थिरताका कारण आम मानिसमा व्याप्त निराशा र पीडामा रहेका भन्दै असार २३ गते पर्ने जन्मदिन उत्सवका रुपमा नमनाउने घोषणा गरेका हुन् ।
उनले परिवर्तन र अग्रगमनका चर्का नाराहरूका बावजुद जनताले सुख तथा सुविधा भोग्न नपाएको बुझाइ व्यक्त गरेका छन् ।


प्रतिक्रिया