काठमाडौँ । वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको तर्क गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्दै पन्तले संविधानको धारा ७६ (५) को प्रधानमन्त्री नियुक्त गर्ने विशेष अधिकार राष्ट्रपतिमा रहेको तर्क गरेका हुन् ।
उनले संसदीय शासन पद्धतिमा प्रधानमन्त्री नियुक्ति गर्ने राष्ट्रपतिको विशेषाधिकार भएको बताए । उनले प्रश्न गरे,‘राष्ट्रपतिले जे दाबी आए पनि त्यहिँ पठाउनुपर्ने हो ? कसको पहिला दाबी आयो भन्दा ओलीको थियो । तर यहाँ ओलीको चाहिँ तथ्यमा प्रवेश गरेर अस्वीकार गर्नुपर्ने, अरुकोचाहिँ कसरी स्वीकार गर् भन्न मिल्छ ?’
पन्तले राष्ट्रपतिलाई मुद्दा लाग्दै नलाग्ने तर्क गर्दै भने, ‘आधार भनेको आकाश थामिदिन्छु मैले भनेपछि पत्याउनुपर्छ भनेर हुन्छ र ?’
वरिष्ठ अधिवक्ता शम्भु थापालाई जवाफ दिँदै पन्तले कार्यालयलाई विपक्षी बनाएर मुद्दा ल्याउने, अनि राष्ट्रपतिलाई हु आर यू भन्ने ? भन्दै प्रश्न गरे । जेठ ९ मा निवेदकको तर्फबाट बहस गदै वरिष्ठ अधिवक्ता थापाले बहुमत सदस्यको हस्ताक्षर सहित शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दावीमा अस्विकार गरेकोमा इजलासबाट राष्ट्रपतिलाई प्रश्न गरेका थिए–‘हु आर यु ?’

प्रतिक्रिया