जसपाका चार प्रदेश सांसदको मुद्दाको पूर्ण सुनुवाइ असार २१ मा हुने


काठमाडौं । पार्टीको ह्वीप उल्लंघन गरी मतदान गरेको भन्दै भन्दै कारवाहीमा परेका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दाको पूर्ण सुनुवाइ अब असार २१ गते हुने भएको छ ।

सोमबार न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको पूर्ण सुनुवाइ असार २१ गते गर्ने आदेश दिएको हो।

अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।

सर्वोच्च अदालतले यसअघि निलम्बित सांसदहरुको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । जनता समाजवादी पार्टी कार्यकारिणी समितिको निर्णयअनुसार संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरेको थियो ।

त्यसैका विरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । त्यसैका विरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।