काठमाडौं उपत्यकामा निषेधाज्ञाको नयाँ मोडालिटी तय गर्न तीन जिल्लाका सिडिओको बैठक बस्दै


काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको मोडालिटी तय गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैक बस्दै छ । निषेधाज्ञाको समय सोमबार सकिँदैछ । त्यसैले प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर नयाँ मोडालिटी तय गर्ने बताइएको छ ।

आज अपरान्ह बैठकमा छलफल गरेपछि निषेधाज्ञा थप गर्ने र कुन कुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुने बताइएको छ । हाल खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन् ।

जोरबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विकल्प अगाडि सारेर छलफल गरिए पनि त्यसअनुसार निर्णय भइसकेको छैन । कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साता बढाउने तयारी गरिएको बताइएको छ ।