काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सरकारसँग लिखित जवाफ माग गरेको हो ।
विपक्षीले लिखित जवाफ बुझाएपछि अब संवैधानिक इजलास यी मुद्दामा असार ९ गतेदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय पनि इजालसले गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वाेच्च अदालतमा ३० थान मुद्दा छन् ।

प्रतिक्रिया