जिल्ला अदालत धादिङका न्यायाधीशको कोरोना संक्रमणबाट निधन


धादिङ । जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । पौडेलको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको पारिवारले जनाएको छ ।

विगत २ वर्षदेखि जिल्ला अदालत धादिङमा कार्यरत पौडेल ५५ वर्षका थिए । उनलाई २० दिनअगाडि कोरोना संक्रमणपछि उपचारका लगि स्टार अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार बिहान निधन भएको हो ।