काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले संघीयता, लोकतन्त्र र संविधान कमजोर हुँदै गइरहेको बताएकी छन् । सोमबार वागमती प्रदेशसभाको प्रि–बजेट छलफलमा भाग लिँदै शाक्यले संविधाननै धुजाधुजा हुने अवस्थामा पुगेकाले संविधान बचाउन लाग्नुपर्ने बताएकी हुन् ।
उनले प्रतिनिधिसभा विघटन भई सर्वोच्च अदालतमा मुद्दा परेकाले स्थिति अन्यौलग्रस्त रहेको बताइन् । उनले भनिन्, ‘हामीले ल्याएको संविधानलाई अप्ठ्यारो नहोस् । आज त्यो अवस्था छैन । संविधान नै धुजा–धुजा पार्ने स्थिति छ। जनप्रतिनिधिको थलो प्रतिनिधिसभा गुमेको अवस्था छ । सत्तामा बसेकै नेतृत्वकै कारण संविधान र गणतन्त्र गुम्ने अवस्था नहोस् ।’
उनले सत्ताको नेतृत्व गरिरहेको आफ्नै पार्टीका नेताले त्यो अवस्था ल्याउनु दुःखद् भएको बताइन् । अहिलेको चुनौती संघीय लोकतान्त्रिक गणतन्त्र कसरी बलियो बनाउने, संविधानको रक्षा गर्ने नै भएको उनले बताइन् । उनले कोभिड नियन्त्रणमा वागमती प्रदेशलाई उदाहरणीय बनाउनुपर्ने बताइन् ।

प्रतिक्रिया