काठमाडौं । विपक्षी गठबन्धनको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेका छ ।
आइतबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठकले सरकारका संविधान विपरितका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन आग्रह गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुनेमा गठबन्धनले विश्वास व्यक्त गरेको छ । बैठकले लोकतन्त्रका पक्षमा उभिन राजनीतिक दलका नेता कार्यकर्ताका साथ आमनागरिकलाई आग्रह समेत गरेको छ ।


प्रतिक्रिया