प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते अध्यादेशमार्फट बजेट आउँदैछ ।