नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा


काठमाडौं । चीनले नेपाललाई कोभिडविरुद्धको थप १० लाख डोज खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । यसअघि चीनले नेपाललाई साढे आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।