जापान । छैठौं सिल्भर कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टस क्लवले नै जितेको छ ।
आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा सोमबार सम्पन्न भएको प्रतियोगितामा गल्कोट समाज जापानलाई हराउदै आयोजकले उपाधी जितेको हो । उसले उपाधीसंगै तीन लाख नगद येन तथा शिल्ड समेत सुरक्षित पारेको छ। यस्तै, उपविजेता गल्कोट समाजले दुई लाख येन र रनरअप शिल्ड हात पारेको छ भने सान्त्वना पुरस्कारमा सेमीफाईनलमा पराजित एनविए जापान र एनवाईएससी क्लवले ५० ५० हजार येन र प्रमाण पत्र तथा मेडल प्राप्त गरेका छन् ।
साईतामाको वारावी कितामाचीको जिम्नासियम हलमा भएको प्रतिस्पर्धामा जापानभरिका १२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मानपत्रले सम्मान गर्ने गरिएको थियो भने बिधागत आठवटा पुरस्कार प्रदान गरिएको थियो । जसमा उत्कृष्ट कोचमा देवेन्द्र खत्री, स्पाईकरमा महेन्द्र भण्डारी, ब्लकरमा राजा खत्री, सेटरमा महेन्द्र सहानी, डिफेण्डरमा राजन मल्ल ठकुरी, क्विकरमा मनोज केसी र सर्भरमा विकास केसी तथा लिवुरो तर्फ मनोज केसीले व्यक्तिगत पुरस्कार पाउन सफल भएका छन्।
यस्तै उत्कृष्ट खेलाडी सहित जापानमा नेपालीहरूले संचालन गरेको मिराई लाईफ ईन्स्योरेन्सबाट खेलाडी हितमान थापाले निशुल्क बीमा पुरस्कार स्वरूप प्राप्त गरे ।

प्रतिक्रिया