‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीं र यत्तिमै रोकिने वाला छैनन् नेतागण !’


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका बताएका छन् ।

संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि शनिबार सामाजिक संजालमार्फत थापाले महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीँ र यत्तिमै रोकिने वाला नभएका बताएका हुन् ।

थापाले लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद ! विघटन,पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरि विघटन ! कस्तो सेटिङ ! प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो । लिए !

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन् । महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहीं र यत्तिमै रोकिने वाला छैनन् नेतागण ! नअलमलिउँ, खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’