काठमाडौँ । सरकारले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनका लागि मिति तय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

प्रतिक्रिया